२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गए व्यवस्थाको लागि घातक हुन्छ: प्रमुख सचेतक लेखक

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश गए व्यवस्थाको लागि घातक हुने बताएका छन्।

शुक्रवार प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश सम्प्रेषण भएमा व्यवस्थाका लागि घातक हुने बताएका हुन्।

उनले सांसदहरुको गतिविधि व्यवस्थाका विरुद्धमा वातावरण बन्नेतिर निर्देशित भएका छन् कि भन्ने विषयमा सोच्न जरुरी रहेको बताए। उनले धेरै विधेयकहरु बनाउनुपर्ने अवस्था रहेको भन्दै संसदभित्र अवरोध गर्नु नहुने पनि बताए।  

उनले भने, ‘यो अधिवेशनबाट धेरै विधेयकहरु पास गर्नुछ। धेरै विषयमा छलफल गर्नुछ। जनतालाई यो व्यवस्था, यो संसदले नै यो देशको हित गर्न सक्छ। हाम्रो संविधानको परिकल्पना पूरा गर्नसक्छ। र हामी यो मुलुकलाई समुन्नत मुलुक बनाउन सक्छौँ भन्ने प्रत्याभुति दिन जरुरी छ। हामी सबै मिलेर यदी अगाडी बढ्न सकेनौँ भने त्यो स्थिति बन्दैन। यदी यो संसद काम नलाग्ने ठाउँ हो भन्ने सन्देश बाहिर संप्रेषण भयो भने यो व्यवस्थाका लागि त्यो भन्दा ज्यादा घातक केही हुन सक्दैन। त्यसकारण कहीँ हाम्रा गतिविधिहरु यही संविधानका विरुद्धमा, यही व्यवस्थाका बिरुद्धमा वातावरण बन्नेतिर निर्देशित त भइराखेका छैनन्? त्यो पनि सोच्न जरुरी छ।’

प्रकाशित: ११ फाल्गुन २०८० १६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App