७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

गृहमन्त्री श्रेष्ठ र यातायातमन्त्री ज्वालाले तत्काल राजीनामा दिनुपर्छ: सांसद दाहाल

राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद तुलसाकुमारी दाहालले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेकी छिन्।

शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले आरती साह र मिटरब्याज पीडितलाई न्याय दिन नसकेको भन्दै गृहमन्त्री श्रेष्ठ र बालकुमारी घटनाका दोषी ठहर भएको हुनाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेकी हुन्। सांसद दाहालले वर्तमान सरकार पूर्णत असफल भएको जिकिर समेत गरिन्।

उनले भनिन् ‘सरकार आलटाल गरिरहेको छ। माननीय मन्त्रीज्युले राजीनामा दिनु पर्दैन? आज आरती साहको परिवारले न्याय पाउन सकेका छैनन। र उनीहरु न्यायको माग गरिरहेका छन्। राज्य कहाँ हो भनेर खोजिरहेका छन्। यति घट्दा खटिसक्दा गृहमन्त्रीज्यु कहाँ हुनुहुन्छ, उहाँले के गनु भयो? आज न आरतीय साहको परिवारले न्याय पाउन सक्यो, न मिटरब्याजीहरुले न्याय पाउन सके। न बालकुमारी घटनाका पीडतले न्याय पाउने सके। हिजो विगतलाई कोट्याएर घायल बन्नभन्दा अब के गर्ने हो, सुनौलो मौका छ। काम गरे भयो नि त। त्यसैले यो असफल सरकार भएको छ। असफल सरकारका गृहमन्त्रीको राजीनामा माग्दछु। र बालकुमारी घटनाका दोषी मन्त्रीज्युलाई स्पष्टिकरण पनि सोधिँदैन, जवाफ पनि दिनुहुन्न। उहाँले पनि म राजीनामाको माग गर्न चाहन्छु।’

प्रकाशित: ११ फाल्गुन २०८० १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App