१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विद्यार्थीले देशको हितमा खोज गर्दै अघि बढ्नुपर्छ: उपराष्ट्रपति

उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षता, सीप र कौशलमा प्राज्ञ उत्कृष्टता हासिल गर्दै विद्यार्थीले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्ने बताएका छन्। 

उनले मुलुकको सुनौलो भविष्य निर्माण गर्न शिक्षाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे।

वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज नेपाल तराई विद्यार्थी नवजागरण सङ्घले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा उपराष्ट्रपति यादवले नेपालको सन्दर्भमा इन्जिनियरिङ शिक्षाको महत्त्व र उपादेयता अझै बढी रहेको बताए।

शिक्षासँगै अटल समर्पण, त्याग र तपस्या पनि उत्तिकै आवश्यक भएको उनको भनाइ थियो। उपराष्ट्रपति यादवले विकासोन्मुख मुलुकले भोग्दै आएका गरिबी, अशिक्षा, पूर्वाधार विकास र वातावरणीय दिगोपनजस्ता समस्याबाट नेपाल पनि टाढा नरहेको जिकिर गरे।

‘यी समस्याको निराकरण र निवारण गर्न इन्जिनियरको भूमिका अहम् छ। तपाईँहरू यथास्थितिलाई चिर्दै सबै खाले चुनौती र समस्याको समाधान गर्न अग्रपङ्क्तिमा हुनुपर्दछ’, उनले भने।

प्रकाशित: २ फाल्गुन २०८० १९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App