२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘बाँसबारी जुत्ता कारखानाको जग्गा प्रकरण निष्पक्ष छानबिन होस’

राष्ट्रिय जनमोर्चाले सबै जग्गा प्रकरणहरूको निष्पक्ष छानबिन गरी दोषीलाई सजायको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

जनमोर्चाले बाँसबारी जुत्ता कारखानाको जग्गा अवैध प्रकारले कब्जा गरेको भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीलाई सजायको दायरामा ल्याउन जोड दिएको छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै बाँसबारी जुत्ता कारखाना, ललिता निवास सरकारी जग्गा अपचलन, गिरीबन्धु टी स्टेट जग्गा अपचलन लगायतका प्रकरणहरूको सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई सजायको दायरामा ल्याउन जोड दिएका हुन।

‘यस सिलसिलामा गिरिबन्धु टि-स्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलालाई हामीले स्वागत गर्दछौँ र त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्नका लागि हामीले सरकारको ध्यान आकर्षित गर्दछौँ’, जनमोर्चाले भनेको छ।

प्रकाशित: १ फाल्गुन २०८० ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App