४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गृहमन्त्रीसँग रुष्ट काँग्रेसले भन्योः सरकार स्टन्टबाजी गर्ने ठाउँ होइन

नेपाली कँग्रेसका राष्ट्रिय सभाका संसदीय दलका नेता रमेशजंग रायमाझीले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्।

सोमवारबाट शुरु भएको संसदको हिउँदे अधिवेशनका क्रममा राष्ट्रिय सभाको बैठकमा आफ्ना धारणा राख्दै उनले सरकारका कामकारबाहीप्रति असन्तुष्टि जनाएका हुन्।

उनले अहिले सरकारले स्टन्टबाजी गरिरहेको भन्दै स्टन्टबाजी गर्ने बेला नभएको बताए। उनले सरकारमा बसेका मन्त्रीहरुले उहाँले नयाँ राजनीतिक दलहरुको नक्कल गरिरहेको बताए। सरकारमा बस्ने मानिसहरुले काम गर्नुपर्ने भएपनि स्टन्टबाजी गरिरहेको भन्दै आपत्ति जनाए। उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्टन्टबाजी गर्ने काम गरेको आरोप लगाए। उनले सरकार नौटंकी गर्ने ठाउँ नभएको बताए। 

प्रकाशित: २२ माघ २०८० १८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App