१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुकुम्वासीको घर बनाउन पुगे मुख्यमन्त्री

विराटनगर–१६ दरैयामा घर निर्माणमा श्रमदान गर्दै मुख्यमन्त्री केदार कार्की। तस्बिर/नागरिक
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुकुम्वासीको घर निर्माणका लागि श्रमदान गरेका छन्। शुक्रबार विराटनगर –१६ दरैयाका सुकुम्वासी शिव राईको घर निर्माणमा मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन्। 
 
विराटनगर–१६ दरैयाका  राईको मोरङ क्षेत्र नम्बर–५ बाट निर्वाचित सांसद योगेन्द्र मण्डलको पहलमा घर निर्माण थालिएको थियो। आर्थिक अभावका कारण राईका तीन छोराछोरीसहित पाँच जनाको परिवार झुपडीमा बस्दै आएको थियो। घर निर्माण सामग्री जीवन विकास लघुवित्त वित्तीय संस्था कटहरीले उपलब्ध गराएको थियो। घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बल,भाडावर्तन र खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका थिए। 
 
जाडो मौसममा पाँच जनाको परिवार कष्टकर रूपमा बसिरहेको गुनासो आएपछि घर निर्माण गरिएको सांसद मण्डलले बताए। मुख्यमन्त्री कार्कीले गरिब, दलित, सुकुम्वासीको साथमा सरकार छ भन्ने सन्देश दिनका लागि घर निर्माणमा श्रमदान गरेको बताए। विपन्नलाई सरकारको अनुभूति गराउने गरी काम गरिरहेको उनले बताए। 
 
‘विपन्न वर्गलाई सरकारको अनुभूति गराउन घर निर्माणमा श्रमदान गरेको हुँ‘ मुख्यमन्त्री कार्कीले भने।  घर निर्माणमा मुख्यमन्त्री कार्की,सांसद मण्डलसँगै जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डललगायतले पनि श्रमदान गरेका थिए। शुक्रबार नै राईको जस्ताले छाएको अस्थायी  घर निर्माण सम्पन्न भएको छ। 

प्रकाशित: १९ माघ २०८० १९:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App