१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

काँग्रेसले तोक्यो दश समितिमा दश सांसद

नेपाली काँग्रेसले संसद्का समितिहरूको कामहरू हेर्नका लागि १० नेतालाई जिम्मेवारी तोकेको छ। शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलको विधानको धारा १७ (३) अनुसार दश वटा समितिमा दश सांसदलाई जिम्मेवारी तोकेको हो। 
 
काँग्रेसले अर्थ समितिमा रामनाथ अधिकारी,अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नारायण खड्का,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौड्याल, कानून न्याय तथा मानव अधिकार समितिमा नागिना यादव, कृषि, सहकारी तथा प्राकृति स्रोत समितिमा कुसुमदेवी थापालाई तोकेको छ। 
 
त्यस्तै, महिला तथा सामाजिक मामिला समितिमा आशा वि.क.,राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्र प्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेश कुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लिलादेवी बोखिम (लिम्बू) र सार्वजनिक लेखा समितिमा श्याम कुमार घिमिरेलाई तोकेको हो।

प्रकाशित: १९ माघ २०८० १८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App