२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

केन्द्र सारिएको भन्दै कतै दिपावली कतै आन्दोलन

डोल्पा- डोल्पाको ठूली भेरी नगरपालिकाको केन्द्र सारेपछि सदरमुकामबासी आक्रोसीत भएका छन्। उक्त नगरपालिकाको केन्द्र   स्थायी रुपमै जुफाल तोकिएको जनाउँदै १६ फागुनमा राजपत्रमा प्रकाशित भएपछि वडा नं १     देखि ४ सम्मका सर्वसाधारण आन्दोलित भएका हुन्।

यस अघि उक्त नगरपालिकाको केन्द्र सदरमुकाम दुनैलाई कायम गरिएको थियो। नगरपालिकाको केन्द्र सारिएको बिरोधमा सदरमुकाम दुनै बजार अनिश्चितकालिन बन्द गरिएको छ।

वडा अध्यक्षहरुलाई केन्द्र सार्ने निर्णयमा सहमती गराई केन्द्र सारीएको भन्दै नगर प्रमुखलाई  कारवाहीको माग गरेकाछन्। केन्द्र सारेकै बिरोधमा दुनैवासिहरुले जिल्ला प्रशासन कार्यालय डोल्पामा समेत बिरोध पत्र बुझाएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

बुधबार रातीनै दुनै स्थित नगरको कार्यालयमा तालाबन्दी गरिएको छ भने आज विहानैदेखि सर्वसाधारणहरु सडकमा उत्रेर विभिन्न किसिमका बिरोधका कार्यक्रमहरु गरिहेकाछन्। आन्तरिक रुपमा संञ्चालिन यातायात सेवा समेत बन्द गरिएको छ।

केन्द्र सारिएको विरोधमा सदरमुकाम दुनै बजार बन्द गरेर सदरमुकामबासी आन्दोलित भइरहेको बेला ठुलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीले भने कुनै जालसाजी र किर्ते नभएर नगरपालिकाको ०७४ असास ३१ मा बसेको पहिलो नगर सभाले निर्णय गरे अनुसार नै केन्द्र सारिएको बताए0।

नगर उपप्रमुख योगेन्द्रबहादुर शाहीले ०७४ असार ३१ मा नगरसभामा केन्द्र सार्ने बिषयमा कुनै छलफल नै नभएकोमा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गोबिन्द्र सुनार र मेयर गणेश शाहीको मिलोमतोमा निर्णय पुस्तिकामा खालीरहेको ठाउँमा निर्णय घुसाएर जालसाजी पुर्वक केन्द्र सारिएकोमा आफ्नो आपत्ती रहेको बताए। जुफाललार्ई केन्द्र तोकिएपछि स्थानीयले जुफाल बजारमा भने बाजागाजा सहित बिजयसभा समेत गरेका छन। सम्पूर्ण जनतालाई सेवा प्रवाहको हिसाबमा पायक पर्ने स्थान भएकाले जुफाल नै केन्द्रकोलागि उपयुक्त भएको ठूलीभेरी नगरपालिका ७ मोतीपुरका स्थानीय सेर बहादुर कठायतले बताए।

उनका अनुसार आज बेलुकीमात्रै केन्द्र आएको खुशीयालीमा जुफाल गाउँका घरघरमा दीपप्रज्वलन समेत गरिने बताए। केन्द्रका हिसाबमा दुनै भेरीको उच्च जोखिममा भएकाले भोली हुने क्षतीको पुर्वअनुमान गर्दै सुरक्षित  र सबैको पाएक पर्ने ठाँउको खोजी गर्दै जुफाल सारिएको कठायतको दावी गरे।

प्रकाशित: १७ फाल्गुन २०७४ ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App