१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मनीषालाई एमाले अध्यक्ष ओलीको बधाई

नकेपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गुल्मीकी मनीषा जिसीलाई बधाई दिएका छन्।

लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार पढेपछि उनले मनिषालाई धन्यवाद दिएका हुन्।

उनले लेखेका छन्, ‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरुमा पढें। यो सुखद् खबर हो। मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ। मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना!’

प्रकाशित: ४ माघ २०८० ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App