१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

सांसदहरूको गुनासो: देशमा शिक्षा र स्वास्थ्य कमजोर बनाउने काम भइरहेको छ

सांसदहरूले देशमा शिक्षा र स्वास्थ्य कमजोर बनाउने काम भइरहेको गुनासो गरेका छन्।

मङ्गलबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले सो कुरा बताएका हुन्।

उनीहरूले सात वटा प्रदेशमा मिर्गौला, मुटु लगायतका रोगको उपचार हुनुपर्ने पनि माग गरेका छन्। त्यस्तै डनइलासिस निःशुल्क भए पनि पालो पाउन कठिनाइ भएको उनीहरूको भनाइ छ।

बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले केन्द्रीय अस्पतालमै १६ हजार दरबन्दी आवश्यक रहेको बताए। 

प्रकाशित: २ माघ २०८० ०८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App