सत्ता पक्षीय गठबन्धन रहेका राजनीतिक दलहरूले राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रीय समन्वय समिति गठन गरेको छ।
नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको संयोजकत्वमा माओवादी केन्द्रका वर्षमान पुन, नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र जनता समाजवादी पार्टीका मनिष सुमन सदस्य रहेको बैठक बसेको छ।
बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि सत्ता पक्षीय गठबन्धन द्वारा अघि सारेका उम्मेदवारलाई विजय गराउने निर्णय गरेको छ।
माघ ११ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारहरू जिताउन सात वटै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति गठन गर्ने निर्णय गरेको छ। साथै, सतहत्तर वटै जिल्लामा राष्ट्रिय सभा निर्वाचन जिल्ला समन्वय समिति–गठन गर्ने बुधबार बसेको बैठकले निर्णय गरेको छ।
प्रकाशित: २५ पुस २०८० ११:५८ बुधबार