२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लुम्बिनीमा राष्ट्रियसभा निर्वाचन: २ सिटमा ७ उम्मेदवार, कसको मतभार कति ?

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सोमबार उम्मेदवारी दर्ता भएको छ।

काँग्रेस, माओवादी, एमाले, राप्रपा र जनमत पार्टीबाट ७ जनाले उम्मेदवारी दर्ता गरेका छन्। यो प्रदेशमा हुने दुई सिटका लागि गठबन्धनका तर्फबाट काँग्रेस र माओवादीले एक÷एक, एमालेबाट २, राप्रपाका २ र जनमत पार्टीका एक जना गरी ७ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

गठबन्धनका तर्फबाट महिला कोटामा बिष्णुकमारी सापकोटा र माओवादीका झक्कु प्रसाद सुवेदीले अन्य तर्फ उम्मेदवारी दर्ता गरे। यसैगरि एमालेले महिला तर्फ तुलसा केसी र अन्य तर्फ झपेन्द्रबहादुर घर्ती क्षेत्रीले उम्मेदवार दिएका छन् भने राप्रपाबाट महिला तर्फ बिजया लक्ष्मी सिंह र अन्य तर्फ निरन्जन थापाले उम्मेदवारी दिए। यसैगरि जनमत पार्टीबाट अन्य तर्फ बालगोविन्द चौधरीले उम्मेदवारी दिए। यो पार्टीले महिला तर्फ भने उम्मेदवारी दिएन। 

यो प्रदेशमा कुल मतभार ८ हजार ७ सय ५३ छ। प्रदेशको दलगत मतभारलाई हेर्ने हो भने आगामी निर्वाचनमा गठबन्धन हाबी हुने देखिन्छ। प्रदेशको कुलमतभार ८ हजार ७ सय ५३ मध्य गठबन्धनको मत भार ५ हजार ४ सय ७७ छ। गठबन्धनमा आबद्ध नेपाली काँग्रेसको मतभार सबै भन्दा बढी ३ हजार १ सय ७९ छ। २७ प्रदेशसभा सदस्य रहेको काँग्रेसको प्रदेश मतभार १ हजार ४ सय ३१ छ भने स्थानीय तह तर्फको मतभार १ हजार २ सय ३७ छ। यो प्रदेशमा काँग्रेसका तर्फबाट ९२जना स्थानीय तहका प्रमुख÷उपप्रमुख छन्।

यसैगरि गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रको कुल मतभार १ हजार ३ सय ४३ छ। ११ जना प्रदेशसभा सदस्य रहेको माओवादी केन्द्रको प्रदेश मतभार ५ सय ८३ छ भने ४० जना स्थानीय तहका प्रमुख÷उपप्रमुख रहेको माओवादीको स्थानीय तह मतभार ७ सय ६० छ। 

यसैगरि गठबन्धनमा जनता समाजवादी पार्टीको कुल मतभार २ सय ७३ छ। ३ प्रदेशसभा सदस्य रहेको जसपाको प्रदेशमतभार १ सय ५९ र ६ जना स्थानीय तहका प्रमुख/उपप्रमुख रहेको जसपाको स्थानीय मतभार १ सय १४ छ। 

गठबन्धनमा आबद्ध अर्को दल नागरिक उन्मुक्ति पार्टीको कुलमतभार २ सय १२ छ। ४ प्रदेशसभा सदस्य रहेको यो दलको प्रदेशमतभार २ सय १२ छ भने स्थानीय तह तर्फ भने या दलको मतभार शून्य छ। यसैगरि ३ प्रदेशसभा सदस्य रहेको गठबन्धनको अर्को दल लोकतान्त्रिक समाजवादी पार्टीको प्रदेशमतभार १ सय ५९ छ भने ४ जना स्थानीय तह तर्फका प्रमुख÷उपप्रमुख रहेको यो पार्टीको स्थानीय तह मतभार ७६ गरी कुल मतभार २ सय ३५ छ। यसैगरि गठबन्धनमा आबद्ध अर्को दल नेकपा एकीकृत समाजवादी पार्टीको यो प्रदेशमा कुल मतभार ५३ छ। एक जना प्रदेशसभा सदस्य रहेको यो पार्टीको प्रदेश मतभार ५३ छ भने स्थानीय तह मतभार भने यो दलको शून्य छ। यसैगरि राष्ट्रिय जनमोर्चाको प्रदेश मतभार १ सय २९ रहेको छ। १ प्रदेशसभा सदस्य रहेको यो पार्टीको प्रदेशमतभार ५३ छ भने स्थानीय तह तर्फ ४ मत रहेको यो पार्टीको स्थानीय तह मतभार ७६ छ। यसैगरि गठबन्धन समर्थक एक प्रदेशसभा सदस्यको ५३ मतभार पनि गठबन्धनमै गाभिने देखिन्छ।

गठबन्धनमा आबद्ध सात राजनीतिक दलको कुलमतभार ५ हजार ४ सय ७७ कायम हुँदा प्रदेशबाट दुई वटै सिटमा उम्मेदवारी दिएको एमालेको मतभार भने २ हजार ८ सय १० मात्रै छ। २९ जना प्रदेशसभा सदस्य रहेको एमालेको प्रदेशमतभार १ हजार ५ सय ३७रहेको छ भने ६७ जना स्थानीय तहका प्रमुख/उपप्रमुख रहेको एमालेको स्थानीय मतभार १ हजार २ सय ३७ छ।

यसैगरि राप्रपा ले प्रदेशको आफ्नो मतभारलाई सुरक्षित गर्ने योजना मुताबीक दुई वटै सिटमा उम्मेदवारी दिएको छ। राप्रपाको कुल मतभार २ सय ६९ छ। ४ प्रदेशसभा सदस्य रहेको राप्रपाको प्रदेशमतभार २ सय १२ छ भने स्थानीय तहका तीन प्रमुख÷उपप्रमुख रहेको राप्रपाको स्थानीयमतभार ५७ छ। यसैगरि सत्तारुढ गठबन्धनमै रहेको जनमत पार्टीले भने आफ्नो छुट्टै उम्मेदवारी दिएको छ। यो दलको कुलमतभार १द सय ५९ रहेको छ। ३ प्रदेशसभा सदस्य रहेको यो पार्टीको प्रदेशमतभार १ सय ५९ छ भने स्थानीय मतभार भने शून्य छ। यसैगरि जनता प्रगतिशील पार्टीको कुल मतभार ३८ छ। स्थानीय तह तर्फ दुई मत रहेको यो पार्टीको मतभार ३८ रहेको हो। 

प्रकाशित: २३ पुस २०८० ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App