१० असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कर्णालीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले कर्णालीमा उम्मेदवारी दर्ता गरेको छ।

एमालेबाट दलिततर्फ दैलेखका हिक्मतबहादुर विक, महिलातर्फ हुम्लाकी विमला शाही र अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्टले उम्मेदवारी दर्ता गराएका छन्।

कर्णालीमा दलित, महिला र अन्य गरेर तीन सिटमा निर्वाचन हुँदैछ।

कर्णालीमा स्थानीय तहतर्फ जम्मा १९६ मतदाता र प्रदेशसभातर्फ ४० मतदाता छन्। ती मध्ये कांग्रेसबाट निर्वाचित दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्यबहादुर शाही र जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भइसकेको छ।

प्रकाशित: २३ पुस २०८० ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App