२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभाका लागि एमालेले बागमतीमा टुंग्यायो उम्मेदवार

नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका बागमती प्रदेशबाट उम्मेदवार टुंगो लगाएको छ।

एमालेले बागमती प्रदेशका लागि दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको हो।

नेकपा एमालेले राष्ट्रियसभा चुनाव हुने सबै १९ पदमै उम्मेदवारी दिने निर्णय गरेको छ। राष्ट्रियसभा चुनावका लागि २३ पुसमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।

प्रकाशित: २२ पुस २०८० ०८:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App