७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

पाँच नेताको बैठक लम्बिएपछि काँग्रेस बैठक सर्‍यो

‘राष्ट्रिय सभा अध्यक्ष बन्दै सिटौला’

राष्ट्रिय सभा निर्वाचनका लागि पार्टी उम्मेदवार टुंगो लगाउन दिउँसो १ बजेका लागि बोलाइएको नेपाली काँग्रेस बैठक ४ बजेका लागि सरेको छ।

पार्टीभित्रको गुटगत सन्तुलन मिलाउन सभापति शेरबहादुर देउवा निवासमा नेता शेखर कोइराला, पूर्ण बहादुर खड्का, गगनकुमार थापा र रमेश लेखक छलफलमा जुटेका छन्। सत्ता गठबन्धनसँग मिलेर चुनावी प्रतिस्पर्धा गर्दा पार्टीले पाउने १० सिटमा गुटगत भागबन्डा नमिल्दा पाँच नेताको बैठक लम्बिएको हो। नेता शेखर कोइराला पक्षले दश मध्य चार सिट आफ्नो पक्षले पाउनु पर्ने अडान राख्दै आएका छन् ।तर, सभापति देउवा शेखर पक्षलाई दुई सिटमा मनाउने पक्षमा छन्।

प्रतिनिधिसभाको समानुपातिकतर्फ सहमहामन्त्री जीवन परियारलाई ल्याउँदा नेता गोपालमान श्रेष्ठलाई त्यति बेला नै राष्ट्रिय सभामा लैजाने नेताहरूले आश्वासन दिएका थिए। देउवाले सो कुरा इतर पक्षसँग राख्दै आएका छन् भने राष्ट्रपति रामचन्द्र पौडेल निकट एक जनालाई पनि राष्ट्रिय सभामा लैजानु पर्ने बताउँदै आएका छन्। देउवाले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई पनि समेटेर जानु पर्ने भन्दै देउवाले २ सिट भन्दा बढी दिन नसकिने बताउँदै आएका छन् । झापाका सिटौलालाई राष्ट्रिय सभामा ल्याएर अध्यक्ष बनाउने देउवाको तयारी छ। सिटौला आइतबार साँझ गृह नगर जाँदै छन्। र, माघ ११ गते हुने निर्वाचनपछि मात्र काठमाडौं फर्कने उनको योजना रहेको निकट स्रोतको दाबी छ।

त्यस्तै, सभापति देउवाले पूर्व उपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्री फर्मुला मन्सुरलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निश्चित जस्तै छ। त्यस्तै, काँग्रेसबाट गोविन्द पोखरेल, आनन्दप्रसाद ढुंगाना, मीनेन्द्र रिजाल, सुजाता कोइराला चार समय बढी नेता आकांक्षी छन्।

प्रकाशित: २२ पुस २०८० ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App