१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

देउवासहित कांग्रेस नेता माघ १२ गते वडा जाने

नेपाली कांग्रेसका सबै तहका नेताहरू माघ १२ गते आआफ्नो वडामा जाने भएका छन्।

पार्टी स्थापना दिवस मनाउन सभापति शेरबहादुर देउवासहित सबै तहका नेताहरूले आ-आफूले मतदान गर्ने वडाको कार्यक्रममा सहभागि हुने भएका हुन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार देखि सुरु भएको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगनकुमार थापाले समुदायमा कांग्रेस अन्र्तगतको एक महिने कार्यक्रम अनुसार सबै तहका नेता तथा कार्यकर्ता वडामै आयोजना हुने कार्यक्रममा सहभागि हुने कार्यक्रम प्रस्ताव गरिएको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए। ‘समुदायमा कांग्रेस एक महिने अभियान अन्र्तगत पार्टीको स्थापना दिवस वडा तहमा मनाउने र त्यसका लागि सबै नेताहरू आफू मतदाता रहेको वडाका कार्यक्रममा जाने कार्यक्रम छ,’ उनले भने,‘केन्द्रीय सभापति देखि सबै जना स्थापना दिवस मनाउन आफ्नै वडामा जाने छौं।’

बैठकमा महामन्त्री थापाले पार्टीका विभिन्न १७ जिल्लामा आन्तरिक विवाद रहेको जनाउँदै अभियानका क्रममा समस्या समाधान गर्नुपर्ने प्रस्ताव गरेका छन्। पुस १५ देखि माघ १५सम्म कांग्रेसले समुदायमा कांग्रेस अभियान चलाउँदै छ। त्यसका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने उसले तयारी गरेको छ। भ्रातृ संगठनहरू समयमा महाधिवेशन गर्न नसक्दा लथालिंग अवस्थामा पुगेका छन्। बल्लतल्ल गठन भएका भ्रातृ संगठनलाई पूर्णता दिने र महाधिवेशनमा लैजानेलगायतका विषयमा बैठकले निर्णय लिनुपर्ने प्रस्ताव बैठकमा राखिएको छ।

प्रकाशित: १२ पुस २०८० १३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App