११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

वर्तमान राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने वैद्यको घोषणा

क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अहिलेको राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरेका छन्।

आज माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।उनले शासन सत्ता फेरिएको भएपनि शोषण, उत्पीडनका रुपहरु पुरानै रहेको बताए।उनले कम्युनिष्टहरु अहिले काँग्रेसीहरुको संसदीय व्यवस्थाको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भनेर लागेको बताए।उनले अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन नसक्ने जिकिर गरे।उनले राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरु विकराल बनेर गएको दाबी गरे।

अध्यक्ष मोहन वैद्यले संसदीय व्यवस्थाको चुनावप्रति नागरिकहरु असन्तुष्ट बताए।उनले भने, ‘चक्र झैँ ५÷५ वर्षमा घुमेका छन्।हुने केही होइन।गर्ने त्यही हो।सत्तामा ओली जी बस्ने अर्का जीले पूरै बिरोध गर्छन्।प्रचण्डजी प्रतिपक्ष भएर ओलीजी सत्तामा गयो भने फेरि ओलीजीलाई सत्तोसराप हाल्छन्। 

प्रकाशित: १० पुस २०८० १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App