१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि पर्‍योः ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि परेको बताएका छन्।

मध्यपहाडी लोकमार्ग यात्रा अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कुनै श्राप परेर नेपाल पछि परेको नभइ सत्ता स्वार्थ,स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास हुन नसकेको जिकिर गरे। उनले नेपाल गरिव हुनुको कारण सत्तासीनहरुको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुची नहुनु र चासो नहुनु रहेको बताए।

उनले भने, ‘सरकार उपयुक्त बनेन भने, दृष्टिकोण भएको सरकार बनेन भने, देशप्रति इमान्दार सरकार बनेन भने जनता र जनताका हीतहरुप्रति सरकार जवाफदेही भएन भने देश गरिब हुन्छ। पछाडि पर्छ। कुनै श्राप परेर हाम्रो देश पछि परेको होइन। सत्ता स्वार्थ भएर आत्मकेन्द्रित भएर, स्वार्थमा मात्रै केन्द्रित भएर राजनीति, अर्थनीति, सामाजिक नीति र त्यसमै केन्द्रित भएको संस्कृति चलाएपछि देशको विकास कसरी हुन्छ । नेपाल गरिव हुनुको कारण सत्तासीनहरुको स्वार्थीपन, सत्ता स्वार्थ, लुटेरा प्रवृत्ति, आफू धनी हुने, जनता नहेर्ने, देश नहेर्ने, विकासमा रुची नहुने, चासो नहुने त्यसकारण हो।’

प्रकाशित: २७ मंसिर २०८० १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App