coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ओली र दाहालबीच बालकोटमा ३ घण्टा वार्ता

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार ओली निवास बालकोटमा ३ घण्टा वार्ता भएको छ।

विहीबारमात्रै थाइल्याण्डबाट उपचार गरी फर्किएका ओलीलाई भेट्न दाहाल दिउँसो १ बजे बालकोट पुगेका थिए।

भेटमा कार्यदलले राष्ट्रियसभा गठनका बिषयमा दिएको प्रतिवेदनमा व्यापक छलफल भएको र त्यसलाई आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रुप दिने निर्णय भएको ओलीको निजी सचिवालयले जनाएको छ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले प्रदेश सरकार गठन र पार्टी एकताका बिषयमा दुई अध्यक्षबीच छलफल भएको जानकारी दिए। ‘यसलाई अन्तिम रुप दिनका लागि भोलि फेरि अध्यक्षहरुबीच थप गृहकार्य गर्ने गरी छलफल गर्ने र पर्सी पार्टी एकता संयोजन समितिको बैठक बस्ने निर्णय भएको छ,’ उनले भने।

प्रकाशित: ५ माघ २०७४ ११:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App