प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेका छन्।
आज बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेर प्रधानमन्त्री दाहालले मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
छातीमा असहज महसुस भएपछि मन्त्री श्रेष्ठलाई मंगलबार राति अस्पताल भर्ना गरिएको थियो।
उनको मुटुको बायाँतर्फको रक्तनलीमा आंशिक अवरोध देखिएपछि डा. अरुण मास्केसहितको टोलीले एन्जिओप्लास्टी गरेको थियो।
हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
प्रकाशित: २० मंसिर २०८० ०३:१९ बुधबार