२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

डा. केसीलाई शिक्षण अस्पताल लगियो

काठमाडौ – सर्वोच्च अदालतले तारेखमा रिहा गर्ने आदेश दिएपछि प्रा डा गोविन्द केसीलाई महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ। प्रधानन्यायाशीध गोपाल पराजुलीले राजीनामा नदिएसम्म अनशन बस्ने प्रा डा केसीले जानकारी दिएका छन्।

डा केसीको अविलम्ब रिहाइको माग गर्दै बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरिएको थियो। सर्वोच्च अदालतको अवहेलना मुद्दामा सोमबार पक्राउ परेका डा केसीको रिहाइको माग गर्दै उनका समर्थकले माइतीघरमा विरोध प्रदर्शन गरेका थिए।

चिकित्सा शिक्षा अध्ययन संस्थानको चार वर्षअघिको डिन पुनःबहालीसम्बन्धी सर्वोच्च अदालतले गत आइतबार गरेको आदेश न्यायसङ्गत नभएको भन्दै डा केसीले प्रधानन्यायाधीशको राजीनामाको मागसहित सोमबारदेखि अनिश्चितकालीन आमरण अनशन शुरु गरेका थिए।

प्रधानन्यायाधीशको राजीनामा र उनले गरेका कामबारे छानबिन गर्न माग गरेपछि उनलाई अदालतको अवहेलना गरेको आरोपमा पक्राउ गरिएको थियो। डा केसी चार वर्षअघि बर्खास्तमा परेका संस्थानका डिन डा शशी शर्मालाई सर्वोच्चले पुनःबहाली गरेपछि त्यस कदमको विरुद्धमा उत्रिएका हुन्।

आफ्ना मागसहित १४ औँ आमरण अनशन शुरु गरेका डा केसीले प्रहरी हिरासतमा पनि अनशन जारी राखेका थिए। मंगलबार उनलाई सर्वोच्च अदालतमा उपस्थित गराई बयान लिइएको थियो।

प्रकाशित: २६ पुस २०७४ १६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App