२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

एनसेल बिक्रीबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको शेयर बिक्रीबारे अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। 

दाहालले एनसेलले शेयर बिक्री गर्दा कानुनी प्रक्रिया पूरा गरेको/नगरेको विषयमा अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उनले एनसेलको शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिएका छन्। 

प्रकाशित: १८ मंसिर २०८० १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App