२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन’

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताएका छन्।

उनले व्यवसायी प्रसाईंको आन्दोलनमा राप्रपाका ६५ प्रतिशत कार्यकर्ताहरू सहभागी भएको दाबीसमेत गरे। आफ्नो पार्टीले कार्यकर्तालाई जानु पनि र नजानु पनि नभनेको उल्लेख गर्दै कार्यकर्ताहरू आफ्नो इच्छाअनुरूप आन्दोलनमा सहभागी भएको उनले बताए।

उपनेता तामाङले पार्टीका प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाही व्यवसायी प्रसाईंको कार्यक्रममा गई राप्रपाले नैतिक समर्थन गरेको जनाए।

व्यवसायी प्रसाईंको विभिन्न मागमध्ये राजासहितको प्रजातन्त्र पुनः स्थापना र हिन्दु राज्य पुनः स्थापना तथा संघीयता खारेजको विषयमा आफूहरुको समर्थन रहेको उनले प्रष्ट पारे।

नेता तामाङले राप्रपाको एजेण्डा बोकेर आउने सबैलाई राप्रपाले समर्थन गर्ने जनाए। उनले राप्रपाले मंसिर २७ गते कैलाली, २८ गते महेन्द्रनगर र २९ गते जनकपुरमा आमसभा गर्न लागेको बताउँदै पुस २७ गतेबाट राप्रपाले आफ्ना एजेण्डा अनुसारका विभिन्न कार्यक्रमहरु घोषणा गर्ने जिकिर गरे।

प्रकाशित: १६ मंसिर २०८० ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App