२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारले विद्यमान अराजकतालाई समेत नियन्त्रण गर्न सकेन: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा विद्यमान अराजकतालाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले अराजकतालाई नियन्त्रण नगर्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने, तस्करीलाई बढावा दिने लगायतका कुशासनको पक्षमा सरकारले गरेको कामको चर्चा गरी साध्य नभएको जिकिर समेत गरे।

नेपाल संवत् ११४४ को अवसर पारेर शनिबार काठमाडौंको वसन्तपुर डबलीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले गल्ती गर्दैमा गणतन्त्र र लोकतन्त्र खराब भन्ने हुनै नसक्ने तर्क गरे।

गल्ती गर्नेहरू खराब भएपनि लोकतन्त्र र गणतन्त्र खराब हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको रक्षाका लागि आफूहरुले जस्तासुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताए।

अध्यक्ष ओलीले जातको नाममा मुलुकमा द्वन्द्व भड्काउने प्रयास भइरहेको दाबी गर्दै सचेत रहन पनि सबैमा आग्रह समेत गरे।

प्रकाशित: ९ मंसिर २०८० १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App