२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध प्रदर्शन गर्न पाइन्छ: महामन्त्री शर्मा

मोरङको कटहरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा। तस्बिरः चुमन बस्नेत/नागरिक

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध पनि प्रदर्शन गर्न पाइने बताएका छन्।

आज मोरङको कटहरीमा आयोजित स्थानिय तहमा कानुनी तथा वित्तीय शुसासन सम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले लोकतन्त्रमा लोकतन्त्रकै विरुद्ध प्रदर्शन गर्न पाइने बताएका हुन्।

‘अहिले देशमा निरङकुशतन्त्र नभएकाले लोकतन्त्र विरुद्ध जनताले प्रश्न र प्रदर्शन गर्न पाउँछन् ’ महामन्त्री शर्माले भने। शर्माले अहिलेको संविधान जनताको सहभागिताबाट बनेका कारण जनताले राखेका असन्तुष्टिहरूलाई सम्बोधन गर्न संविधानमा परिमार्जनसमेत गर्दै लैजानुपर्ने बताए। उनले भने, ‘जनताको सहभागितामा बनेको संविधान भएकाले व्यवस्थाकै विरुद्धमा जनता उत्रिएको खण्डमा सडकमा उठेका आवाजलाई सुनेर संविधानलाई परिमार्जन गर्दै लैजानुपर्छ।’

महामन्त्री शर्माले सडक, पुललगायतका भौतिक पूर्वाधार बन्नु मात्रै देश बन्नु नभएकाले शुसाशन र मानवअधिकारको प्रत्याभूति पनि विकासको आधार भएको बताए। शर्माले स्थानिय तहका पदाधिकारीहरूले आफ्नो कार्यकालका उपलब्धि देखाउँदा कति सडक बने, कति पुल बने भन्ने मात्रै हैन आफ्नो पालिकामा कति बालश्रमिक घटे, कति बढी विद्यार्थी विद्यालय भर्नाभए, महिलाहिंसा कति घट्यो, जातिय विभेदका घटना कति कम भए जस्ता सूचकहरू पनि उपलब्धीका रुपमा राख्न आग्रह गरे।  

प्रकाशित: ८ मंसिर २०८० १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App