२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

‘सांस्कृतिक महत्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व पनि हो’: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गरेका छन्।

उनले शुभकामना जारी गरी नेपालीहरूको महान् चाड तिहार, २०८० को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै सो कुराको कामना गरेका हुन्।

उनले भनेका छन्, /पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्व बोकेको तिहार उज्यालो र  प्रकाशको पर्व पनि हो, त्यसैले तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ। उज्यालो आफैमा प्रेरणाको विम्ब हो। नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक हो। नेपालमा मनाइने जात्रा पर्वले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएको छ। यस्ता पर्वमध्ये दसैँ÷तिहार हिन्दूहरूको महान् चाड पनि हो। यी चाडहरूले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकतामा बाँध्ने गरेको छ।'  

प्रकाशित: २८ कार्तिक २०८० ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App