१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

टिकटक माथिको प्रतिबन्ध लगाउनु निरंकुशताको बाटो हो: अध्यक्ष लिङ्देन

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध निरंकुशताको बाटो भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन।

लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै प्रजातन्त्र, मानवाधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट टिकटकमाथिको प्रतिबन्ध हुनु अनुचित र अनुपयुक्त भएकोले स्वीकार नगर्ने बताएका छन्।

कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ । यो निर्णय अविलम्बफिर्ता लिनुपर्ने पनि उनले बताएका छन।

आज टिकटकमाथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स(ट्वीटर) फेसबुक आदिमा प्रतिबन्ध हुनसक्ने उनले बताए। 

प्रकाशित: २७ कार्तिक २०८० १३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App