५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्रीहरुमा विधेयक पारित गर्न गाम्भिरता देखिएनः अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नका लागि मन्त्रीहरुमा गम्भिरता नदेखिएको बताएका छन।

अध्यक्ष तिमिल्सिनाले विधेयक पारित गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रिहरुले गम्भिरता नदेखाएका बताएका हुन।उनले मन्त्रीहरुले विधेयक ल्याउनका लागि नै चासो नदेखाएका बताए।

त्यस्तै संसद र समितिमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्री अनुपस्थित हुने गरेको भन्दै उनले यसबाट मन्त्रीहरुमा विधेयकप्रति कुनै गम्भिरता नभएको स्पष्ट हुने बताए।

उनले संसदमा विधेयकको सम्बन्धमा छलफल भइरहँदा पनि मन्त्रीहरु अन्य काममा हिँड्ने गरेका बताए।मन्त्रीहरुले आफ्नो विधेयक कहाँ पुग्यो भनेर सोधखोज समेत नगर्ने गरेको उनको भनाई छ।

अध्यक्ष तिमिल्सिनाले विधेयकलाई गुणस्तरीय बनाउनका लागि विधेयकको मस्यौदा बनाउँदादेखि नै ध्यान पु¥याउनुपर्ने बताए।उनले विधेयकको मस्यौदा गर्दा सम्बन्धित विषयको गाम्भिर्यता, दूरगामी प्रभाव तथा राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर गर्नुपर्ने बताए।उनले आफ्नो हितलाई मात्रै केन्द्रबिन्दुमा राखेर विधेयक निर्माण गर्नु नहुने भन्दै त्यसो गरिएमा विधेयकमा गुणस्तरीयता नआउने बताए।

अध्यक्ष तिमिल्सिनाले विधेयक बनाउने कुरामा सांसदहरुले पनि गम्भिरतापूर्वक ध्यान दिनुपर्ने बताए।उनले सांसदहरुले विधेयकको गहन अध्ययन गर्नुपर्ने बताए।त्यसैगरी राजनीतिक दलहरुले पनि आफ्ना सांसदहरुलाई विधेयकहरु निर्माण गर्ने सन्दर्भमा प्रशिक्षित गर्नु आवश्यक रहेको उनले बताए।त्यस्तै मतदाताहरुले पनि आफुले निर्वाचित गरेको सांसदलाई भुगोलमा भन्दापनि विधायन निर्माणको काममा केन्द्रित हुन दिनुपर्ने उनले बताए।

उनले विधेयक गुणस्तरीय र प्रभावकारी नआउनुमा सरकार, संसद, सांसदहरु र मतदाताहरु समेतको भुमिका भएको भन्दै सबैले आ–आफ्नो भुमिका राम्रो बनाउनुपर्नेमा जोडदिए।

प्रकाशित: २६ कार्तिक २०८० ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App