२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौँ : अध्यक्ष नेपाल

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन।

चिनियाँ सहयोग परियोजना बीआरआईसम्बन्धी चीनको कुङमिङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने एवम् कमजोर बनाउने कतिपय क्रियाकपालप्रति आफूहरु सचेत रहेको बताए।

उनले भने, ‘नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भू–राजनीतिकरुपमा चीनलाई घेरा हाल्न खोज्ने हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई हामी स्वीकार गर्न सक्दैनौँ ।’ चिनियाँ कम्युनिष्ट पार्टी ९सिपिसी०, दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका अन्य राजनीतिक दलहरुबीचको सम्बन्ध सहकार्य, आपसी समझदारीमा आधारित भएको भन्दै उनले चिनियाँ कम्युष्टि पार्टीले यी क्षेत्रका विभिन्न राजनीतिक दलसँग खुला संवाद, विचारको आदानप्रदान र क्षेत्रीय विश्वव्यापी मुद्दामा एकअर्कालाई सहयोग तथा प्रोत्साहनसहित सम्बन्ध स्थापना गर्ने कोसिस गरेको बताए।

यसप्रकारको सहयोग र दृष्टिकोणले दक्षिण एसिया र दक्षिण पूर्वी एसियाको शान्ति, विकास र स्थिरतालाई सुदृढ पार्ने लक्ष्य लिएको उनको भनाइ छ।रचनात्मक छलफल र साझेदारी पहलहरुमा सम्बन्ध भएर सिपिसी तथा दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका अन्य राजनीतिक दलहरुले क्षेत्रीय सद्भाव, आर्थिक समृद्धि र सांस्कृतिक आदान प्रदानमा योगदान दिने कोसिस गरिरहेको उनले उल्लेख गरे। 

उनले साझा चुनौतीहरुको मिलेर समाधान गर्न पनि आवश्यक रहेको बताए । उनले दक्षिण एसिसा र दक्षिण पूर्वी एसियाका राजनीतिक दलले सिपिसीसँग सम्बन्धलाई थप बलियो र दरिलो बनाएर समाज विकासका विभिन्न पक्षमा काम गर्नु आवश्यक रहेको धारणा राखे।रमेश लम्साल

प्रकाशित: २४ कार्तिक २०८० ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App