२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

के उपरथी पाण्डेले राजीनामा देलान्?

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको उमेर विवाद पेचिलो बन्दै गएको छ। प्रधानसेनापति प्रभुराम शर्माले रथीमा सिफारिस गरेपनि उनको उमेर विवाद बढ्दै गएपछि पेचिलो बनेको हो। उनको उमेर विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत पाण्डेको उमेर विवादबारे रक्षा मन्त्रालयलाई चासो राख्दै पत्रचार गरेको थियो। त्यसपछि नेपाली सेनाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो राखेपछि उनको विवाद पेचिलो बन्दै गएको हो।  

विहीबार राति सेनाको प्राड विवाकले उपरथि पाण्डेको उमेर विवादको विषयमा छलफल गरेको थियो। ‘सेनाको कानुन हेर्ने प्राड विवाकले रक्षा मन्त्रालयलाई जवाफ दिने विषयमा छलफल गरेको थियो सायद उहाँकै विषयमा हुनुपर्छ, उहाँको उमेर विवाद बाहिर आएको थियो, रक्षा मन्त्रालयलाई अख्तियारले चासो राखेको थियो, रक्षालाई जवाफ दिनुपर्ने भएपछि प्राड विवाकमा छलफल भएको हो’, सेनाको उच्च स्रोतले भन्यो।  

सेनाभित्र र बाहिर उपरथि पाण्डेको उमेर विवादलाई लिएर व्यापक चासो बढेको थियो। केही दिनदेखि उनको विवादमा समाचारहरु समेत प्रकासित भएका थिए। सेनाभित्र सधै बढुवाको बेला उमेर विवाद सिर्जना हुने गर्छ। पाण्डेको उमेर विवादलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिन अघि रक्षा मन्त्रालयललाई पत्रचार गरी चासो राखेको थियो।  

अख्तियारको चासो पछि बढुवा गर्दा मन्त्री झन विवादमा पर्नसक्ने भन्दै प्राड विवाकमा छलफल भएको स्रोतले जनाएको छ। हाल उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्प प्रभावित क्षेत्रमा भएको र उनी आजै काठमाडौ आउने भएकाले पनि यो उनको उमेर विवादको विषयमा प्राड विवाकमा छलफल भएको थियो। यो छलफलपछि उपरथि पाण्डेमाथि नैतिक दबाब समेत परेकाले राजिनामा दिनसक्ने बताइएको छ।  

उपरथि पाण्डेको शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा जन्ममिति फरक परेको भन्दै बढुवा सिफारिसप्रति प्रश्न उठाइएको हो। उनको विषयमा राज्यव्यवस्था समितिमा उजुरी समेत परेको थियो। पाण्डे २०४३ सालमा सेनाको अधिकृत क्याडेटमा भर्ना हुँदा उनको नागरिकता प्रमणपत्रमा जन्म मिति २३ मंसिर २०२३ उल्लेख छ। तर उनको शैक्षिक प्रमाणपत्रमा भने जन्म मिति १२ माघ २०२१ उल्लेख भएको विषय बाहिर आएपछि विवाद सुरु भएको हो।

पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ माघ १२ गते उल्लेख भएको तर उनले नागरिकतामा जन्म मिति सच्याएर २०२३ मंसिर १३ गते बनाएको आरोप लगाइएको छ।

प्रकाशित: २४ कार्तिक २०८० ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App