१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश संरचना संघीयताको मूल मर्मः एमाले नेता गुरुङ

नेकपा (एमाले)का पोलिटव्युरो सदस्य परशुराम मेघी गुरुङ्गले प्रदेश संरचना संघीयताको मूल मर्म भएको बताएका छन्।एमाले उदयपुरद्वारा गाईघाटमा आयोजित एक कार्यक्रममा नेता गुरुङले संघीयतामा प्रदेश बेगरको संविधान औचित्यहीन हुने बताए।

पछिल्लो समय कम्युनिष्ट भनाउँदा पार्टीका नेताहरुबाटै प्रदेश संरचना खारेजी गर्नुपर्ने आसएको आवाज उठाईरहेको भन्दै गुरुङले यस्तो आवाज विचारको खडेरी लागेका नेताहरुबाट आउने गरेको बताए। संविधान र संघीयताको बिरुद्धमा कुनै नेता कार्यकर्ताले बोल्दा १० पटक सोँचेर अध्ययन गरेर मात्र बोल्न निर्देशनात्मक आग्रह गुरुङको थियो।  

‘प्रदेशबिनाको संविधानको संघीयतामा औचित्य हुन्न, त्यसकारण एमाले नेता कार्यकर्ताले बोल्दा संघीयताको बिरोध गर्नुअघि १० पटक सोच्नुहोस्’ नेता गुरुङको भनाई थियो ‘। जुन तरिकाले प्रदेश संरचनामाथि टीकाटिप्पणी भईरहेको छ, यसलाई हल्का ढंगले लिनु हुन्न ।’ प्रदेश संरचना खारेजी गरे वर्तमान संविधानको औचित्य नै नरहने भन्दै उनले यसको खारेजी नभएर बरु यसको रक्षा र कार्यान्वन कसरी राम्रोसग गर्न सकिन्छ भन्नेतर्फ लाग्न उनले सुभाए।  

प्रदेश संरचना हटाउनु भनेको संघीयता खारेजी र संघीयता खारेज गर्नु वर्तमान संविधान नै खारेजी हुनु भन्दै गुरुङले बरु संघीयताको रक्षा र कार्यान्वयनमा जुटन, प्रदेशलाई मजबुत बनाउन पार्टी नेता कार्यकर्तालाई आग्रह गरे । एमाले जिल्ला इन्चार्जसमेत रहेका गुरुङले १ महिनाअघि प्रदेश अधिवेशनमा उदयपुरबाट विजयी सदस्यहरुलाई बधाई दिदै संघीयताको रक्षा, प्रबद्र्धन र बलियो बनाउन प्रदेश सरकारमा रहँदा एउटा विकल्प हुने भए पनि प्रतिपक्षमा रहँदा वहु विकल्प हुने हुँदा सशक्त प्रतिपक्ष भएर अधिकारको सदुपयोग गर्न निर्देशन दिए।  

कार्यक्रममा कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टीभित्र दक्षिणपन्थी अवसरबाद र सांगठानिक अराजकताबाद मौलाउँदै गएको बताउँदै त्यसको अन्त्य गर्न प्रदेश कमिटीले अभियान चलाउने बताए । पार्टी संरचनाभित्र बस्ने, सबै गतिविधिमा संम्लग्न हुने, तर अन्तिम लक्ष्य निर्वाचनमा टिकट नपाए अन्तरघात गर्ने प्रबृत्तिले संस्कारको रुप लिएको भन्दै उनले त्यसको समुल अन्त्य गर्नुपर्ने खाँचो औँल्याए । ‘टिकट नपाएसम्म लडाँई गर्ने हो, टिकट पाएपछि जिताउनुपर्नेमा अरुले पाए हराउन लाग्ने’ खतिवडाले भने ‘यो पार्टी अनुशासन उल्लंघन  भयो।यस्तो छुट कसैलाई हुनुहुदैन।’यस्तो अराजकताबादको मिहिन ढंगले अन्ययन गरेर अन्त्य गर्ने प्रतिबद्धता पनि अध्यक्ष खतिवडाले जनाए। 

प्रकाशित: २३ कार्तिक २०८० १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App