राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।
रास्वपाका प्रवक्ता मुकुल ढकालका अनुसार बैठक केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा दिउँसो १ बजे हुने भएको छ।
बैठकमा पश्चिम नेपालमा गएको भूकम्पमा पार्टीले गरेका कार्यसम्पादन, भूकम्पमा उद्धार, राहत, उपचार र पूनःनिर्माणसम्बन्धमा सरकारको जिम्मेवारीको समीक्षा र पार्टीको महाधिवेशन प्रक्रियामा छलफल हुँदैछ।
प्रकाशित: २३ कार्तिक २०८० ०५:१९ बिहीबार