१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रतिद्वन्द्वीले अंकमाल गरी बधाई दिँदै गरे फोटो सेसन

पाँचथरमा विजेता वामगठबन्धनका उम्मेद्वारलाई बधाई दिएर फोटो सेसन गर्दै पराजित काँग्रेस उम्मेद्वारहरू । तस्बिर : गिरिराज बाँस्कोटा

पाँचथर – पाँचथरको दुबै प्रदेशबाट विजेता बनेकाहरुलाई पहिलो रातो टिका र खादा आफ्नै निकटतम प्रतिद्वन्द्वीले लगाइदिएका छन् । मतगणना अन्तिम चरणमा पुगेपछि आफ्ना शुभचिन्तकहरूसँगै मतगणना स्थलमा आएर विजेतालाई निकटम प्रतिद्वन्द्वीले रातोटिका, खादा लगाएर अङकमाल गरेर सामूहिक तस्बिर खिचाए।

नेपाली काँग्रेसबाट उम्मेद्वार बनेको नरेन्द्र कुमार केरुङ र सुरेन्द्र प्रकाश दाहालले विजेता नेकपा (एमाले)का गणेश काम्वाङ र इन्द्र आङबोलाई बधाई दिए । उनीहरू आइतबार बिहान अन्तिम परिणाम घोषणा हुने बेलामा खुलेर बधाई दिएका थिए। समर्थकसँगै मतगणना स्थल पुगेर पराजित उम्मेद्वारहरूले विजेतालाई बधाई दिएका हुन।

 काम्वाङ र केरुङ तथा आङबो र दाहाल निकटम प्रतिद्वन्द्वी हुन । ‘बधाई छ,  अब जिल्लाको समृद्धिको जिम्मा तपाईहरूलाई छ । लोकतान्त्रिक प्रक्रिया हो । तपाईहरूले जित्नुपनि लोकतन्त्रकै जित हो’ काँग्रेसका जिल्ला सभापति समेत रहेका केरुङले टिका, खादा लागाएर अङकमाल गर्दै भने ‘कार्यकाल सफल रहोस शुभकामना।’ 

विजेता उम्मेद्वारले प्रतिस्पर्धीलाई धन्यवाद मात्र दिएनन्  सँगै अगाडि बढ्ने समेत बताए । विजेता घोषणापूर्वक यस किमिसको बधाई दिइएको हो । चुनावताका एक अर्कालाई अरोप प्रत्यारोप गरेका उम्मेद्वारहरूले अङकमाल गर्दै हार्दिकता साटे।

विजेताहरूसँग उम्मेद्वारहरू सहित काग्रेसका नेता कार्यकर्ताले केहीक्षण फोटो सेसन समेत गरे । यसअघि प्रतिनिधि सभामाको अन्तिम नतिजा आउनु पुर्व काँग्रेसका उम्मेद्वार भिष्मराज आङदेम्बेले विजेता एमालेका बसन्त नेम्वाङलाई हात मिलाएर बधाई दिएका थिए । 
 

प्रकाशित: २४ मंसिर २०७४ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App