२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सर्लाहीमा बोटे विद्यार्थीको पहिलो राष्ट्रिय सम्मेलन

सर्लाहीको बागमतीमा नेपाल बोटे समाज विद्यार्थी सङ्गठनको पहिलो राष्ट्रिय सम्मेलनले विशालकुमार बोटे अध्यक्षतामा नौ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।

विभिन्न जिल्लाबाट उपस्थित भएका बाटे समुदायका विद्यार्थीको सम्मेलनले उपाध्यक्षमा इन्दिरा बोटे, सचिवमा सविना बोटे, कोषाध्यक्षमा सुजन बोटे र पाँच जना केन्द्रीय सदस्य चयन गरेको समितिका नवनिर्वाचित सचिव सविना बाटेले बताइन्।

सो अवसरमा बोटे जातिको भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै अघि बढ्नुपर्नेमा सम्मेलनका अध्यक्ष राजकुमार बोटेले जोड दिए। सम्मेलनमा चितवन र तनहुँमा बसोबास गर्ने बोटे समुदायका विद्यार्थीको उपस्थिति थियो।

बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले नगरपालिकाले केही घरधुरी बोटे समुदायको संरक्षण गर्दै बस्ती नै बसालेको बताए। उनका अनुसार बोटे जातिको पुर्ख्यौली पेसा माछा मार्ने तथा डुङ्गा चलाउने हो।

प्रकाशित: २० कार्तिक २०८० ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App