१६ चैत्र २०८० शुक्रबार
राजनीति

पाँचथरमा एमालेका बसन्त नेम्वाङ विजयी

पाँचथर– पाँचथरमा प्रतिनिधि सभामा नेकपा (एमाले)का वसन्त कुमार नेम्वाङ विजयी भएका हुन् । फराकिलो मत अन्तरले नेम्वाङ विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेलाई १० हजार ६ सय १६ मतले हराउदै नेम्वाङ विजयी भएका हुन् ।
नेम्वाङले ३८ हजार ६ सय १६ मत प्राप्त गरेका छन् । बाम गठबन्धनका उम्मेद्वार रहेका नेम्वाङ २०४८ र २०५६ सालमा सांसद भइसकेका थिए । उनलाई पछ्याएका आङदेम्बेले २८ हजार ३५ मत प्राप्त गरे । आङदेम्बे काग्रेसका केन्द्रीय सदस्य हुन् । संविधान सभामा सांसद निर्वाचित भएका थिए ।
विजयी भएपछि प्रतिक्रिय दिँदै नेम्वाङ संविधान कार्यान्वय, कानुन निर्माण तथा जिल्लाको समृद्धिमा लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । ७७ हजार ९ सय १३ मत मध्ये ५ हजार ७ सय ३१ मत बदर भएको छ । प्रतिनिधि सभामा संघिय समाजवादीका प्रेम लावतीले १ हजार ९ सय ९४, लिम्बुवान मञ्चका सागर केरुङले १ हजार ५ सय ९३ मत प्राप्त गरे । प्रदेश सभाको भने गणना हुन बाँकी छ । विजयको घोषणा भएपछि सदरमुकाम फिदिममा बाम गठबन्धले विजय ¥याली निकालेको छ ।

 

प्रकाशित: २३ मंसिर २०७४ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App