१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

डोल्पामा एमालेका धनबहादुर बुढा भारी मतले विजयी

डोल्पा– डोल्पामा वाम गठबनधनले पूरै ठाउँमा जति हासिल गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक र प्रदेश सभा निर्वाचन क्षेत्र दुई गरेर तीनवटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले भारी मतान्तरले विजयी भएका हुन् ।
प्रतिनिधि सभामा वाम गठबन्धनका धनबहादुर बुढा ११ हजार ७६१ मत ल्याएर विजयी बनेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अंगदकुमार बुढा ३ हजार १ सय ६७ मत ल्याएर पराजय भए । त्यसैगरी प्रदेश सभा १(क)मा वामगठबन्धनकै एमालेका नन्दसिं बुढा ५ हजार ४ सय ९० मत ल्याएर विजयी बनेका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रसका बेगमसिं ठकुरीले १ हजार २ सय १३ मत ल्याएर पराजय भए ।
प्रदेश सभा क्षेत्र नं २ (ख)मा पनि वामगठबन्धनकै माओवादीका वीरबहादुर शाही ६ हजार ४ सय १४ मत लयाएर विजयी बनेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेशबहादुर शाही २ हजार १ सय ५ मत ल्याएर पराजय भएका छन् ।
त्यसैगरी नयाँ शक्तिका पुष्पराज बुढाले १४०,मालेका हर्क ठकुल्लाले २९९ र स्वतन्त्रका जयबहादुर डसाले ९० मत ल्याएर पराजय भएका छन् । समानुपातिक तर्फको मतगणना आज बिहान ११ बजेबाट सुरु गरिने मुख्य निर्वाचन अधिकृत रमेश प्साद ज्ञावलीले बताए ।

 

प्रकाशित: २३ मंसिर २०७४ ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App