२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा जाँदै

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली भूकम्पपीडितको उद्दार, राहत र उपचार अवस्था बुझ्न केहीबेरमै प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम जाँदै छन्।

नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्याहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एकहजार ५० स्लिपिङ ब्याग, दुईसय दुई त्रिपाल र एकसय ब्ल्याङ्केट समेत वितरण गर्नेछ।

टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत छन्। 

प्रकाशित: १९ कार्तिक २०८० ०७:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App