२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

शान्ति प्रक्रियाका बाँकी काम पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्छः ओली

फाइल तस्बिर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्ने बताएका छन्।

बुधवार चाडपर्वको अवसर पारेर पार्टीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उनले पीडितलाई न्याय दिएर शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउनुपर्ने बताएका हुन्। 

अध्यक्ष ओलीले शान्ति प्रक्रियाका बाँकी काम दलहरुले सहमतिका साथ टुंग्याउनुपर्ने पनि बताए। सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्को सुझावलाई शान्ति प्रक्रिया टुंगो लगाउँदा ध्यान दिनुपर्ने उनको भनाइ थियो। अध्यक्ष ओलीले शान्ति प्रक्रियाको टुंगो लगाउने काममा ढिलाई भएको स्वीकार गर्दै अब ढिलाई गर्न नहुने पनि बताए।

उनले भने, ‘शान्ति प्रक्रियाको बाँकि काम टुंग्याउनु पर्छ। एकदम राम्ररी टुंग्याउनु पर्दछ। सहमतीका साथ टुंग्याउनु पर्छ। र भिक्टिम सेन्ट्रिक भएर टुंग्याउनु पर्छ। सर्वोच्च अदालतको आदेशलाई पनि मानेर टुंग्याउनु पर्छ। अनि, अन्तर्राष्ट्रिय समूदाय, खासगरी विश्व मानव अधिकार काउन्सिलले हामीलाई केही कुराहरु भनेको छ। ती कुराहरुलाई पनि ध्यान दिनुपर्छ। र, खासगरी पीडितलाई न्याय दिएर पीडित केन्द्रित भएर यो समस्या समाधान गर्नुपर्छ। हामीले यो भन्दा पहिले नै टुंगाई सक्नु पर्दथ्यो। त्यसमा मिष्टेक भएको छ।’

प्रकाशित: १५ कार्तिक २०८० १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App