९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

शान्ति प्रक्रियाको बाँकी काम चाँडै टुङ्ग्याउँछौंः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने प्रयासमा रहेको बताएका छन्।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसको स्वागतका लागि लुम्बिनी पुगेका प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय प्रणालीको बाँकी काम चाँडै टुङ्ग्याउने बताए।

उनले भने, ‘हाम्रो अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नु हो। यस उद्देश्यले शान्ति प्रक्रियाको कामलाई पूरा गर्नका लागि सबै प्रयासहरूले मार्गदर्शन गर्ने काम भइरहेको छ। यसका लागि अन्तर्राष्ट्रिय समुदायको सद्भाव र समझदारी आवश्यक छ।’

प्रधानमन्त्री दाहालले देशको परिवर्तन र रूपान्तरणका लागि निर्णायक सङ्घर्षको नेतृत्व गर्ने नेता र सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा परिणत गर्ने प्रक्रियालाई सफलतापूर्वक अगुवाइ गर्ने प्रमुख खेलाडीका रूपमा आफूले भूमिका निर्वाह गरेको पनि बताए।

उनले शान्ति प्रक्रिया समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुनसक्ने उल्लेख गरेका छन्।

प्रकाशित: १४ कार्तिक २०८० ०६:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App