११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदान केन्द्रमा ६४ प्रकारका सामग्री

सिन्धुपाल्चोक- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत एउटा मतदान केन्द्रमा विभिन्न ६४ प्रकारका सामग्री प्रयोग गरिने भएको छ । सियो, खापसियो, धागो, खाम, घडी, टर्च लाइट, क्यालकुलेटर, लाहा, फलाटिन कपडा, सलाईजस्ता सामान्य सामग्रीदेखि अति संवेदशील सामान मतदान केन्द्रमा व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले मतपेटिका, पित्तलको स्वस्तिक छाप, रबर छाप, नङ मसी, मुचुल्का अनुसूची, लाहालगायत सामग्रीले संवेदनशील मानेको छ । यस्ता सामग्री केन्द्रका मतदाता संख्याका आधारमा आवश्यकताअनुसार पठाउने व्यवस्था आयोगले गरेको छ । केन्द्रमा प्रयोग हुने अन्य सामग्रीको भने कोटा र परिमाण नै तोकिएको छ ।

मतपेटिका, रबर म्याट, छेकबार र सुरक्षण सिल सम्बन्धित केन्द्रका मतदान अधिकृतलाई सीधै दिइन्छ । स्वस्तिक छाप (पित्तल र रबर), मसी, जेलपेन (कालो र रातो), मार्कर पेन, लाहालगायत १३ प्रकारका सामग्री प्लास्टिकको झोलामा प्याक गरी केन्द्रमा पठाइन्छ । सियो, खापसियो, धागो, खामभित्र प्याक गरिन्छ ।

प्लास्टिकका थैला, प्लास्टिकका बोरा, स्केल, ¥यापिङ टेप, रेकर्ड फाइललगायत ११ प्रकारका सामग्री बोरामा राखिने सामानको सूचीमा राखिएका छन् । मतदान केन्द्रमा प्रयोग हुने बाहिर, भित्र, महिला पुरुष लेखिएका कार्डलगायत उचाइ र आयतन भएका १५ प्रकारका सामग्री खुला रुपमा पठाउने व्यवस्था छ ।

प्रकाशित: ८ मंसिर २०७४ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App