१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बुद्ध पद्म उमाबिका खेल मैदानमा नमुना रंगशाला बनाउँछु : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले कपिलवस्तुको सदरमुकाम तौलिहवा स्थित बुद्ध पद्म उमाबिका खेल मैदानमा चाडै रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

यो खेल मैदानमा रंगशाला निर्माण गर्ने निर्वाचन अघि आफ्नो चुनावी एजेन्डा रहेको आफुलाई स्मरण रहेको भन्दै उनले बुद्ध पद्म खेल मैदानमा रंगशाला निर्माण गर्न आफु् प्रतिबद्ध रहेको कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री समेत रहेका उनले बताए।बिइंग फ्रेन्ड क्लवद्धारा बुद्ध पद्म उमाबिको खेल मैदानमा आयोजित तौलिहवा टी ट्वान्टी क्रिकेट प्रतियोगिताको रिबन काटी ब्याटिङ गर्दै खेलको उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन। खेल मैदानको दुरावस्था प्रति चिन्ता व्यक्त गर्दै उनले यसलाई आफ्नो बाकी ४ बर्षे कार्यकालमा बनाउने बताए ।

‘ बुद्ध पद्मको खेल मैदानमा रंगशाला बनाउछु, यो मेरो प्रतिबद्धता पनि हो ’ उनले भने । सो अवसरमा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले बुद्ध पद्म उमाबिको खेल मैदानमा रंगशाला निर्माण गर्न आफूले पनि पहल गर्ने बताए । उनले संघीय, प्रदेश र पालिकाहरूले समेत यो मैदानमा रंगशाला निर्माण गर्न सबैले साथ दिनु पर्ने बताए।

यस अघि कपिलवस्तु नगरपालिकाका निवर्तमान मेयर किरण सिंहले आफ्नो कार्यकालमा रंगशाला निर्माणका लागि बजेट छुट्टाएर पहल गर्दा विद्यालय व्यवस्थापन समिति र नगरपालिका बिच निर्माणको बिषयमा कुरा नमिल्दा निर्माण कार्य रोकिएर बजेट समेत फ्रिज भएको थियो ।

तौलिहवा टि ट्वान्टी क्रिकेट प्रतियोगितामा १२ टोलीले सहभागीता जनाएको क्लबका अध्यक्ष माहोम्द मुस्तफाले बताए।प्रथम हुनेलाई ३० हजार र कप तथा द्धितीय हुनेलाई १५ हजार प्रदान गरिनेछ।

खेल असाजे १५ गते सम्म चल्नेछ। उद्घाटन कार्यक्रममा जिल्ला क्रिकेट संघका अध्यक्ष तथा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, पूर्व वडाध्यक्ष राम भजन कलवार युवा नेता प्रकाश घिमिरे लगायतको सहभागीता थियो। 

प्रकाशित: ९ कार्तिक २०८० ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App