२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

गृहमन्त्री श्रेष्ठबारे पेकिंग अस्पताल भन्छ, ‘स्वास्थ्य अवस्था स्थिर छ, उहाँ होसमै हुनुहुन्छ’

फाइल तस्बिर

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे 'पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ' ले 'मेडिकल सर्टिफिकेट' जारी गरेको छ।

बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ मार्फत् श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्शन’ भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ‘ओब्टस मार्जिनल शाखा (OM)’ मा अवरोध देखिएको अस्पतालले जनाएको छ।

उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ‘स्टेनोसिसु देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएकोसमेत अस्पतालले जनाएको छ।

श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा रहेका र उनी स्थिर अत्यावश्यक संकेतका साथ पूर्णरूपमा सचेत रहेको पनि अस्पतालले जनाएको छ।

'तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) ' मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गएराति १ बजे  हृदयघात भएको थियो।

चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।

प्रकाशित: २ कार्तिक २०८० ०९:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App