२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजनीतिक दल एउटा चुनावबाट अर्को चुनाव लक्षित हुनु हुँदैनः लामिछाने

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताएका छन्।

आजबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभइ एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताए।  

उनले राजनीतिक दलका विचार, अभिव्यक्तिहरु स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरु पनि परेको बताए। उनले यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरुप्रति कहिलेकाहीँ विषय केन्द्रित कटाक्ष गरेपनि मुलुकको परिवर्तनमा उहाँहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, शाहस र योजना नरहेको उल्लेख गरे। उनले परिवर्तनमलाई अवमूल्यन गर्ने ध्येय आफूहरुको नरहेको पनि बताए।

उनले भने, ‘परिवर्तनमा आफ्नो सारा जीवन बिताएका नेताहरुप्रति कहिले कहीँ कटाक्ष गरेको मात्र यहाँहरुले सुन्नुभएको छ होला, विषय केन्द्रित कटाक्ष हुनसक्छन् तर समग्रमा मुलुकको परिवर्तनमा उहाँहरुले दिएको योगदानलाई अवमूल्यन गर्ने न आँट, न शाहस न योजना छ। परिवर्तनमलाई अवमूल्यन गर्ने ध्येय हुँदैन।’

सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताए। उनले पुराना राजनीतिक दलहरुमा अझैपनि राणा शासन कायम रहेको बताए।

सभापति लामिछानेले देशले व्यवस्था बदलेको भएपनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको बताए।

प्रकाशित: २९ आश्विन २०८० ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App