१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशी घटनालाई डढेलो बन्न नदिन संयम र परिपक्वता आवश्यक: महामन्त्री शर्मा

सल्लाहले डिभोर्स गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर जाने होइन

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी घटनालाई डढेलो बन्न नदिन संयम र परिपक्वता आवश्यक रहेको बताएका छन्।

आइतबार ट्विटरमार्फत धारणा सार्वजनिक गरेका महामन्त्री शर्माले कोशी घटनालाई डढेलो बन्न नदिन संयम र परिपक्वता आवश्यक रहेको बताएका हुन्।

शर्माले लेखेका छन्,  ‘कोशी घटनालाई 'डढेलो' बन्न नदिन संयम र परिपक्वता राखौँ। गणितीय जटिलता अनि पहिचानको आन्दोलन सम्बोधन गर्नुपर्ने आवश्यकता दृष्टिगत गरेर दुवै महामन्त्रीको प्रस्ताव थियो( कोशीमा एमालेसहितको समाधान खोजौँ, तर मौजुदा गठबन्धन कायमै राखेर,’

उनले पार्टीको संस्थागत निर्णय भने सबैले मान्नुपर्ने बताएका छन्। ‘काँग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन संसद विघटनविरुद्ध बनेर गत चुनावबाट अनुमोदित भएको हो िकांग्रेसको संस्थागत निर्णय पनि यही हो िपुस १० मा टुटेपछि विश्वासको मत नदिन र प्रतिपक्षमा बस्न दुवै महामन्त्री उभियौँ तर पार्टीको संस्थागत निर्णय मान्यौँ,’ उनले भनेका छन्।

उनले वर्तमान सत्ता गठबन्धन छोडेर अर्को गठबन्धन ठिक हुन्छ भने संस्थागत निर्णय गर्नुपर्ने बताएका छन्।

'यो गठबन्धन छोडेर अर्को गठबन्धन उचित हुन्छ भन्ने लाग्छ भने संस्थागत छलफल गरौँ। सधैँ यो बोकिरहनुपर्छ, जरुरी छैन। तर, संस्थागत निर्णय नगरी हामी कसैले पनि आवेगमा कुनै निर्णय लिनुहुन्न,' शर्माले भनेका छन्, 'सल्लाहले डिभोर्स गर्न मिल्छ, तर घरायसी ठाकठुकमा छिमेकतिर लहसिनु हुन्न। पुस १० पनि नबिर्सौँ।'

प्रकाशित: २८ आश्विन २०८० १३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App