१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

आइक्यापको बैठक काठमाडौँमा हुँदै

एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन(आइक्याप)को ४०औँ स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ वार्षिक बैठक भोलिदेखि काठमाडौँमा सुरु हुँदैछ।

नेकपा (एमाले) परराष्ट्र मामिला विभागका प्रमुख तथा आइक्यापका स्थायी कमिटी सदस्य डा राजनभट्टराईले कार्यक्रममा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञहरूका बीचमा विभिन्न समसामयिक विषयमा प्रस्तुति तथा छलफल हुने जानकारी दिए।

उनका अनुसार उक्त बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इण्डोनेसिया, थाइल्याण्ड, पाकिस्तान, लेबनान, चेक गणतन्त्र, नेदरल्याण्डलगायत विभिन्न मुलुकका २६ वटा राजनीतिक दलका नेता, मन्त्री तथा सांसद गरी ५० भन्दा बढीको सहभागिता रहने छ । बैठकको सम्पूर्ण तयारी पूरा भएको छ।

काठमाडौँको गोकर्ण रिसोर्टमा तीन दिनसम्म सञ्चालन हुने बैठकको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । एमाले विदेश मामिला प्रमुख डा भट्टराईका अनुसार बैठकमा सहभागी हुने प्रतिनिधि नेपाल आउने क्रम जारी छ।

प्रकाशित: २५ आश्विन २०८० १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App