१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमाले सुदूरपश्चिमको अध्यक्षमा जैसीसहितका पदाधिकारी सर्वसम्मत, सदस्यको निर्वाचन हुने

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीमा पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन्। पदाधिकारी सर्वसम्मत चयन भएपनि सदस्यमा भने निर्वाचन हुने भएको छ।  

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव महिलामा कैलालीकी भागरथी बिष्ट र उपसचिव खुुलामा कञ्चनपुरका नरबहादुर बिक सर्वसम्मत चयन भएका हुन्।

दार्चुला, डोटी, बाजुरा र डडेल्धुरामा भूगोलका सदस्य सर्वसम्मति भएपनि कैलाली, कञ्चनपुर र अछामको भूगोल तथा युवा र महिलामाका साथै बझाङ र बैतडीमा युवा र महिला सदस्यका लागि निर्वाचन हुने भएको निर्वाचन अधिकृत पदम पालले बताए।  

उनले सदस्य पदका लागि आज दिउँसो १ बजेदेखि ६ बजेसम्म मतदानको समय तोकिएको बताए।  

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ६ सय ६५ जना प्रतिनिधिले मतदानमा भाग लिने अधिकृत पालले जानकारी दिए। सुदूरपश्चिम प्रदेशमा १५५ सदस्यीय समिति र ७ सदस्यीय लेखा आयोग रहने छ ।

प्रकाशित: २५ आश्विन २०८० ०५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App