२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले बंकरमा रहेका विपिनसंग भने: उद्दारका लागि समन्वय गरिरहेका छौं

प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थी विपिन सुवेदीसंग कुराकानी गरेका छन्। 

सोमबार दाहालले सामाजिक सञ्जाल म्यासेन्जरमा इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थी विपिन सुवेदीसंग कुराकानी गरेका हुन्।

प्रधानमन्त्री दाहालले सुवेदीसंग उद्दारका लागि नेपाल सरकारले समन्वय गरिरहेको बताए।

उनले भने, सचिवालयसंग तपाईको लगातार कुरा भइरहेको थाहा पाइरहेको छु। हामी अस्ति रातीदेखि नै लगातार लागीरहेका छौं। हामीले यहाँ छलफल गरिरहेका छौं।  इजरायली राजदुतावाससंग पनि कुराकानी भइरहेको छ। यो सबै कुरा  विद्यार्थीहरुलाई भन्दिनु।

सुवेदीले आफूहरु एक जोर लुगा र पासपोर्ट लिएर बसेको साथै चाडै उद्दार गरिदिन आग्रह गरे।    

सुदुरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका सुवेदी एक भिडियो मार्फत उद्दार गरिदिन नेपाल सरकारलाई आग्रह गरेका थिए।

प्रकाशित: २२ आश्विन २०८० ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App