प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अमेरिका र चीन भ्रमणबारे संसदमा जानकारी गराएका छन्।
अहिले बसिरहेको संसद बैठकमा प्रधानमन्त्री दाहालले गरेका अमेरिका र चीन भ्रमण तथा भ्रमणको क्रममा भएका सम्झौता लगायतका विषयमा संसदमा जानकारी गराएका छन्।
उनले आफ्नो भ्रमणबाट द्विपक्षिय व्यापार व्यवसायलाई बलियो बनाएको भन्दै दुई मुलुकबीचको सम्बन्ध थप बलियो बन्ने बताए।
उनले अमेरिका र चीनसँगको सम्बन्ध आफ्नो भ्रमण पश्चात थप प्रगाढ बन्ने उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको व्यापार व्यवसाय, पर्यटन, शिक्षा, कृषि लगायतका विषयमा भएको सम्झौताले सहज हुने पनि बताए।
प्रधानमन्त्री दाहालले अमेरिकामा आयोजना भएको संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा भाग लिन अमेरिका गएका थिए भने उतैबाट साताव्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका थिए।
प्रकाशित: १४ आश्विन २०८० ०८:३६ आइतबार