५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

यस्ता छन् रूपन्देहीबाट सिफारिस उम्मेदवार

भैरहवा – रूपन्देहीमा प्रमुख दलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका छन् । पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा नेपाली कांग्रेस, एमाले, राप्रपा, नयाँ शक्तिलगायतका दलले  प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस गरेका छन्। 

नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वरक्षामन्त्री बालकृष्ण खाँणलाई क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरेको छ । उनीसँगै ३ बाट रामकृष्ण ताम्रकारको नाम पनि सिफारिस भएको छ । 
क्षेत्र नं. ३ क बाट प्रदेशतर्फ जिल्ला कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, मातृका यादव, ओमकुमार श्रेष्ठ र विष्णु थापाको नाम सिफारिस भएको छ । ३ ख बाट प्रदेशसभाका लागि प्रेमबहादुर फौदार, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, नेता शोमनाथ शर्माको नाम सिफरिस भएको छ । त्यस्तै पार्टी जिल्ला सभापति तथा हालका खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकको नाम क्षेत्र नं. १ बाट सर्वसम्मत सिफारिस भएको छ । प्रदेशसभाका लागि १ क बाट वासु रिमाल, विश्वनाथ यादव, रामकृष्ण पौडेल र वैद्यनाथ साहनी तथा ख बाट कृष्णप्रसाद पौडेल र गंगा शाहीको नाम सिफारिसमा परेको छ। 

कांग्रेसका बालकृष्ण खाँण, अब्दुल रज्जाक एमालेका घनश्याम भुसाल, विष्णु पौडेल, माओवादी केन्द्रका चन्द्रमणि खनाल बलदेव, डिलाराम आर्चाय, राप्रपाका दीपक बोहोरा,  राजपाका सर्वेन्द्रनाथ शुक्लालगायत प्रतिनिधिसभा उम्मेदवारका लागि रुपन्देहीबाट सिफारिस भएका छन् ।

क्षेत्र २ बाट प्रतिनिधिसभाका लागि युवराज गिरी र गोकर्ण पौडेलको नाम सिफारिस भएको छ । प्रदेशका लागि २ कबाट काजीमान श्रेष्ठ, शरद भट्टराई, दीर्घबहादुर केसी, रोमणीप्रसाद पाठक तथा क्षेत्र ख बाट रामेश्वरप्रसाद श्रेष्ठ, रामबहादुर कार्की, महेशमान सिंह र गोविन्द लम्सालको नाम सिफारिस भएको छ । ४ नम्बर क्षेत्रबाट प्रतिनिधिसभाका लागिग प्रमोदकुमार यादव र अष्टभुजा पाठक सिफारिसमा परेका छन् । प्रदेशका लागि ४ क बाट विनोदकुमार श्रीवास्तव, बैजनाथ पाठक र ख बाट बसिउद्धिन खाँ, अशोककुमार त्रिपाठी र थानेश्वर घिमिरेको नाम परेको छ। 


क्षेत्र नं. ५ बाट प्रतिनिधिसभाका लागि सांसद भरतकुमार शाहको नाम सर्वसम्मत सिफारिस भएको छ । प्रदेशका लागि ५ क बाट हरि पोखरेल, डिल्लीराज ज्ञवाली, रामबहादुर थापा र देवी कँडेल तथा ख बाट फकरुद्धिन खान, अमेरिका कहार, शेषमन यादवको नाम परेको छ। 


पार्टीले सबै समुदाय र जातजातिको प्रतिनिधित्व हुने गरी समानुपातिकतर्फका उम्मेदवारको नाम सिफारिस गरेको कांग्रेस रूपन्देहीका सचिव रामकृष्ण खाँणले बताए । समानुपातिकतर्फ रूपन्देही कांग्रेसले ५० बढीको नाम केन्द्रमा पठाएको छ।

त्यस्तै एमालेका तर्फबाट पाँच क्षेत्रमध्ये प्रतिनिधिसभाका लागि उपमहासचिव विष्णु पौडेललाई क्षेत्र २ बाट र नेता खिमलाल भट्टराईलाई ५ बाट सर्वसम्मत सिफारिस गरेको छ । २ नम्बर क्षेत्रबाट प्रदेशका लागि क बाट गोपाल भट्टराई, गोपाल राना र ख बाट बाबुराम भट्टराई, भोजप्रसाद श्रेष्ठ, नन्दिकेशर ढकाल, गुरुप्रसाद शर्मा र विमला पन्थीको नाम सिफारिस भएको छ। 

एमालेले १ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाका लागि उपमहासचिव घनश्याम भुसाल, स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, पूर्वमन्त्री राधा ज्ञवाली, लीला गिरी र मीना पाण्डेको नाम सिफारिस गरेको छ । प्रदेशतर्फ भने क बाट सिद्धिचरण भट्टराई, नीलकण्ठ पौडेल, ध्रुव खरेल, सुनिल कौशल, कृष्ण न्यौपाने सिफारिसमा परेका छन् । ख बाट यज्ञ गैरेको नाम सर्वसम्मत सिफारिस भएको छ। 

३ बाट प्रतिनिधिसभाका लागि उपमहासचिव घनश्याम भुसाल, विजय पौडेल र पुष्पाञ्जली उपाध्याय सिफारिसमा परेका छन् । प्रदेशतर्फ क बाट रामप्रसाद बस्याल, भरत पोखरेल र ज्ञानदेव कटुवाल तथा ख बाट श्याम खरेल, जीवलाल अर्याल र डिला अर्यालको नाम सिफारिमा परेको छ । क्षेत्र ४ बाट प्रतिनिधिसभाका लागि विन्ध्याचल यादव र गंगा ठठेरको नाम परेको छ । प्रदेशतर्फ पल्लवी सुब्बाको नाम परेको छ। 

क्षेत्र ५ बाट प्रतिनिधिसभाका लािग प्रत्यक्षतर्फ खिमलाल भट्टराई सर्वसम्मत सिफारिसमा परेका छन् । प्रदेशसभाका लागि भूमिश्वर ढकाल, मीनप्रसाद घिमिरे र ज्ञानकुमारी बेलबासेको नाम सिफारिस गरिएको छ। 

माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि चन्द्रमणि खनाल बलदेव र डिलाराम आर्चायलाई क्षेत्र नं. १ बाट सिफारिस गरेको छ । २ बाट निमानन्द गैरेको नाम सिफारिस गरे पनि ६०÷४० को भागबन्डाका कारण एमालेका विष्णु पौडेलविरुद्ध नउठ्ने पक्का भइसकेको पार्टीले जनाएको छ । अन्य क्षेत्रमा पनि माओवादी केन्द्रको निर्णय एमालेतर्फ नै बढी ढल्कने देखिएकाले नेताकार्यकर्तामा खासै उत्साह देखिएको छैन । माओवादी केन्द्रले ३ मा वामदेव क्षेत्री, ४ मा हकीउल्लाह खाँ, ५ मा रामप्रसाद बन्जाडे र प्रदेशतर्फ क्षेत्र न २ बाट जिल्ला इन्चार्ज माधव शर्माको नाम दुई साताअघि नै सिफारिस गरिसकेको छ। 

राप्रपाका दीपक बोहोरा क्षेत्र नं. ३ बाट र  राजपाका सर्वेन्द्रनाथ शुक्ला क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लािग प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस भइसकेका छन् । नयाँशक्तिले पनि प्रतिनिधिसभाका लागि क्षेत्र नं. १ बाट देवेन्द्र पाण्डे सागर, २ बाट मनिकर कार्की र हरि खड्का, ३ बाट ओमप्रकाश विक, ४ बाट पुरन यादव र ५ बाट बोम दर्लामीलाई सिफारिस गरेको छ। 

प्रकाशित: ३० आश्विन २०७४ ०२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App