१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले कर्णाली अधिवेशन: नेतृत्व चयनका लागि मतदान हुँदै

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज १० बजेदेखि मतदान हुने भएको छ।दुई दिनका लागि तय गरिएको एमालेको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति नजुट्दा पाँचौं दिनमा आएर निर्वाचन हुन लागेको हो।

‘केही आन्तरिक विवाद र पार्टी केन्द्रको निर्देशन अनुसार सर्वसम्मत नेतृत्व चयनका लागि लामो समय लाग्यो,’ एक नेताले भने, ‘अध्यक्षका मुख्य दावेदार गुलावजंग शाह र मिनबहादुर शाही दुबै जना नेतृत्व छोड्न तयार नभएपछि मतदान हुन लागेको हो।’

शनिबार दुई बजेदेखि मतदान हुने कार्यतालिका निर्वाचन समितिले तोकेको थियो । पार्टी केन्द्रले सहमतिको प्रयास गर्न भनेपछि नेताहरु छलफलमा जुटेका थिए । सहमति नभएपछि १० बजेदेखि बेलुका पाँच बजेसम्म निर्वाचनको तालिका तोकिएको छ। निर्वाचन अधिकृत अनिता तिमिल्सिनाका अनुसार निर्वाचन सम्पन्न भएलगत्तै मतगणना हुनेछ।

अधिवेशनमा ६०४ जना प्रतिनिधिहरु सहभागी छन्।जारी अधिवेशनले १३५ सदस्यीय प्रदेश कमिटी गठन गर्नेछ।

प्रकाशित: १४ आश्विन २०८० ०३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App